전체
- Qबहुसांस्कृतिक परिवारको बच्चाको लागि भाषा विकास समर्थन सेवाले कसरी काम गर्छ?
-
A
भाषा विकास समर्थन सेवा जुन बहुसांस्कृतिक परिवारको १२ वर्ष भन्दा मुनिको बच्चालाई लक्षित गरिएको हो त्यो केन्द्र, नजिकैको बच्चा हेरचाह सुविधा, किन्डरगार्टेन, प्राथमिक विद्यालय आदिमा सित्तैमा प्रदान गरिन्छ l
○भाषा विकासमा मुल्यांकन
- बच्चा र एक अविभावकसँग प्रारम्भिक अन्तरवार्ता (अविभावक, बच्चा हेरचाह केन्द्र निर्देशक आदि)
- बच्चाको लागि उपयुक्त हुने मुल्यांकनको लागि उपकरण प्रयोग गरेर बच्चाको भाषा विकास तहमा मुल्यांकन l
• मुल्यांकन एक देखि चार सत्रहरुमा संचालित हुन्छ (प्रत्येक सत्रको लागि अवधि:४० मिनेट) र उमेर, विकास स्थिति र बच्चाको पूर्ण अवस्था हेरेर समायोजन गरिनेछ l
○भाषा विकासको लागि शिक्षा
- भाषा विकासमा मुल्यांकनको नतिजा स्वरूप, बच्चाले भाषा शिक्षा प्राप्त गर्नेछ शब्दकोशको विकास बढाउन र वाक्य संरचना विकास गर्न, कुराकानी र सामाजिक संचार कौशलहरु सुधार्न, र पढाइ र कथा सुनाउने कौशलको विकास प्रवर्धन गर्न l
- शिक्षा बच्चाको मुल्यांकनको नतिजा अनुसार शैक्षिक लक्ष्यहरु राखेर संचालन गरिनेछ l
• हप्तामा दुई पल्ट, प्रत्येक पाठको लागि ४० मिनेट l
• पाठ किसिम: व्यक्तिगत (१:१), सामुहिक (२ व्यक्तिहरु भन्दा बढी)
※सामुहिक पाठहरुले एकै उमेर र विकास स्थितिमा भएका बच्चाहरुको समूहलाई लक्षित गर्छ l
○ अविभावकहरुलाई परामर्श र शिक्षा
- अविभावक परामर्श बच्चा र अविभावकसँग सहानुभूतिको बन्धन बनाउन प्रदान गरिनेछ भने अविभावक शिक्षा बच्चाको भाषाको विकास समर्थन गर्नको लागि प्रदान गरिनेछ l
- Qमैले कसरी भ्रमण गर्ने केटाकेटीहरुको जीवनशैलीको सेवाको लागि निवेदन दिन सक्छु?
-
A
सरकार समर्थन सेवा तपाईको बच्चाको स्थानीय <i>eup</i>, <i>myeon</i>, र <i>dong</i> समुदाय सेवा केन्द्र जुन निवासी दर्तामा दर्ता भएको छ त्यसमा लागु हुनुपर्छ (※सेवाग्राहीको निवासमा मात्र) l
→सरकारले समर्थन गरेको आम्दानी किसिमको सूचना प्राप्त गरेपछि, कृपया तपाईको स्थानीय बहुसांस्कृतिक परिवार समर्थन केन्द्रमा सेवाको लागि निवेदन दिनुहोस् l
- Qबहुसांस्कृतिक परिवारहरुको लागि भ्रमण गर्ने शिक्षा सेवा उपलब्ध छ भन्ने मलाई थाहा छ, त्यसमा कस्ता खालका शिक्षा सेवाहरु प्रदान गरिन्छ?
-
A
देशभरीको २१७ बहुसांस्कृतिक परिवार सहायता केन्द्रहरु मध्ये २१६ले घर भ्रमण गर्ने शिक्षा सेवा कार्यान्वन गर्न एउटा योग्य भ्रमण गर्ने निरीक्षक लक्ष्यित परिवारमा पठाएर l सेवामा विवाह आधारित आप्रवासीहरुलाई कोरियन शिक्षा र बहुसांस्कृतिक परिवारहरुको आप्रवासी बच्चाहरु, विवाह आधारित आप्रवासीहरुलाई अभिभावक शिक्षा र बच्चाहरुलाई बच्चाको जीवनशैली सेवा संलग्न हुन्छ l
यदि तपाईसँग घर भ्रमण गर्ने शिक्षा सेवाबारे आग्रहहरु अथवा प्रश्नहरु छन् भने कृपया हामीलाई कल गर्नुहोस् अथवा तपाइको स्थानीय बहुसांस्कृतिक परिवार समर्थन केन्द्रमा भ्रमण गर्नुहोस् l
- Qयदि म बहुसांस्कृतिक परिवार सहायता केन्द्र प्रयोग गर्न चाहन्छु भने के मैले सदस्यता लिनु आवश्यक छ? सदस्यताको लागि कस्ता किसिमका कागजातहरु आवश्यक पर्छ?
-
A
बहुसांस्कृतिक परिवार सहायता केन्द्र प्रयोग गर्न, तपाई केन्द्र सदस्यतामा सरिक हुनु आवश्यक छ र निम्न कागजातहरु आवश्यक पर्छ:
१. बहुसांस्कृतिक परिवारहरु
- यदि तपाईसँग तपाईको निवासी दर्ता नम्बर छ भने: निवासी दर्ताको एक प्रति (विवाह आधारित आप्रवासीको एक प्रति अथवा देशीयकृत गरेको कोरियन नागरिकको प्रति)
- यदि तपाईसँग तपाइको निवासी दर्ता नम्बर छैन भने: दुवै परिवार सम्बन्धको प्रमाणपत्रको प्रति र विदेशी दर्ताको प्रमाणपत्र, अथवा दुवै परिवार सम्बन्ध प्रमाणपत्र र तपाईको पासपोर्टको प्रति
२. विदेशी परिवार सदस्यहरु, जस्तै: विदेशी दर्ता वा स्थानीय निवासको दर्ताको प्रमाणपत्रको प्रति
- विदेशी कामदारहरु, विदेशी विद्यार्थीहरु, विदेशमा बस्ने कोरियनहरु (विदेशी नागरिकता भएको कोरियन + विदेशमा भएको कोरियन नागरिकहरु), शरणार्थीहरु, आदि l
३. उत्तर कोरियाली शरणार्थीहरु: उत्तर कोरियाली शरणार्थीहरुको दर्ताको पुष्टिकरण
※माथि उल्लेखित १, २, र ३ मा भए अनुसारको आवश्यक कागजातहरु पेश गर्नुहोस् l
- Qबहुसांस्कृतिक परिवार समर्थन केन्द्रले कस्तो खालको सेवाहरु प्रदान गर्छ? के म सेवाहरु सित्तैमा प्राप्त गर्न सक्छु?
-
A
केन्द्रले थुप्रै प्रोजेक्टहरु प्रदान गर्छ (परिवार, लैंगिक समानता, मानव अधिकारहरु, र सामाजिक एकिकरण क्षेत्रहरु र परामर्श सेवाहरु सम्बन्धित कार्यक्रमहरुको संचालन), घर भ्रमण गर्ने शिक्षा सेवाहरु (कोरियन शिक्षा सेवा, अविभावक शिक्षा सेवा र केटाकेटीको जीवनशैली सेवा), सूचना सेवा, बहुसांस्कृतिक परिवारको बच्चाहरुलाई भाषा विकास सहायता प्रोजेक्ट, र सित्तैमा विवाह आधारित आप्रवासीहरुलाई दोभाषे र अनुवाद सेवा l यद्दपी, केटाकेटी जीवन सेवा प्रयोगकर्ताको आम्दानी मापदण्ड प्रति भुक्तानीमा भर पर्छ l