भाषा
구글번역
구글번역 닫기

서브 콘텐츠 시작

현재 페이지 위치

  • परामर्श केन्द्र
  • दनुरी कल सेन्टर 1577-1366
  • दनुरी कल सेन्टर

दनुरी कल सेन्टर

दनुरी कल सेन्टरको सञ्चालन 1577-1366

दनुरी कल सेन्टर (1577-1366)
अनुकूलित, विस्तृत सेवा विवाहमार्फत आएका आप्रवासीहरू र बहुसांस्कृतिक परिवारहरूलाई प्रदान गर्नका लागि स्थापित गरिएको हो । परामर्श तथा आपतकालीन सहायता लगायतका मानव अधिकार संरक्षण सेवा प्रदान गरेर यसले आप्रवासी पीडितहरूसम्म पहुँच राख्ने पनि गर्दछ ।

सेवा विवरण

दनुरी कल सेन्टरका सेवाहरू : दनुरी कल सेन्टरबाट प्रदान हुने हिंसाबाट राहत, फलोअप, विस्तृत रहनसहन जानकारी, दैनिक दोभाषे सेवा तथा सँगसँगै फोनमा दोभाषे सेवा, परिवार परामर्श तथा विवाहित दम्पति परामर्श र कानूनी परामर्श सेवा प्रस्तुत गर्ने चार्ट ।
वर्गीकरण विवरण
घरेलु हिंसाबाट मुक्ति तथा फलोअप
  • महिला तथा बालबालिकाहरूका लागि आपतकालीन शरण
  • घरेलु हिंसा, यौनिक हिंसा तथा यौन शोषणमा परेका महिलाहरूका लागि शरण
  • उपलब्ध स्वास्थोपचार, कानूनी र प्रहरी सेवा ।
विस्तृत जीविकासम्बन्धी जानकारी
  • बहुसांस्कृतिक परिवार सहायता परियोजना
  • रेलु हिंसा, यौनिक हिंसा तथा यौन शोषणमा परेका महिलाहरूका लागि शरण
  • स्वास्थोपचार, कानूनी र प्रहरी सेवा उपलब्ध छन् ।
दैनिक दोभाषे सेवा तथा फोनमा सँगसँगै गरिने दोभाषे सेवा
  • परिवारका सदस्यहरूसँग सञ्चार
  • प्रहरी, अस्पताल, क्षेत्रीय समुदाय, शिक्षा संस्थान र बैंकका लागि सँगसँगै गरिने दोभाषे सेवा
परिवार परामर्श तथा विवाहित दम्पति परामर्श
  • पारिवारिक द्वन्द्वहरूबाट मुक्ति पाउनका लागि परामर्श तथा दोभाषे सेवा ।
कानूनी परामर्श
  • कोरियाली बार एसोसिएसनको सहकार्यमा कानूनी परामर्श
    • हरेक मंगलबार 14:00 देखि 16:00 सम्म (बुकिंग आवश्यक)

सेवा समय तथा स्थानहरू

  • केन्द्रीय केन्द्र: 24 घण्टा, हप्तामा 7 दिन
    • फोन 1577-1366, 7F, 37, विश्व कप -रो, मापो-गु, साउल
  • क्षेत्रीय केन्द्र: 09:00-18:00 सप्ताहन्त (18:00 पछि र सप्ताहन्त र सार्वजनिक बिदाका दिनहरूमा केन्द्रीय केन्द्रमा जोडिने)
    • ग्येवोङ्गी/सुवोन : 031-257-1841
    • दाएजेवोन : 042-488-2979
    • Gwangju: 062-366-1366
    • Busan: 051-508-1366
    • ग्येवोङ्बुक/गुमी : 054-457-1366
    • जेवोन्बुक/जेवोन्जु : 063-237-1366

सेवा उपलब्ध भाषाहरू

व्यवसायिक परामर्शदाताबाट 13 भाषामा विवाहमार्फत आउने आप्रवासीहरूलाई परामर्श सेवा उपलब्ध

(कोरियाली, अङ्ग्रेजी, चिनियाँ, भियतनामी, तगलोग (फिलिपिनो), खमेर (कम्बोडियाली), मङ्गोलियाली, रूसी, जापानी, थाई, लाओ, उज्बेक र नेपाली भाषाहरू)

सेवाहरू

  • फोनबाट परामर्श : सँगसँगै फोनबाट दोभाषे सेवा, चौबीसै घण्टा (1577-1366)
  • अनलाइन परामर्श : www.liveinkorea.kr → एकल परामर्श(अनलाइन परामर्श शीर्षकमा जानुहोस्)
  • व्यक्ति नै उपस्थित भएर परामर्श : खटाइएको दनुरी परामर्शदाताबाट परामर्श (समय लिनु आवश्यक)
  • स्थलगत परामर्श : दनुरी कल सेन्टरमा परामर्श (समय लिनु आवश्यक)

QUICK MENU

आदान-प्रदान गर्नुहोस्